
काठमाडौं । विश्वकपमा समूह चरणको अन्तिम खेलमा न्यूजिल्याण्डलाई पराजित गर्दै बेल्जिमय समूह ‘जी’को विजेता बनेको छ ।
न्यूजिल्याण्डलाई ५-१ ले पराजित गर्दै बेल्जियम समूहको विजेता बनेको हो । बेल्जियमका लागि दुई गोल लियन्द्रो ट्रोसाडले गरे । केबिन ब्रुने र रोमेलो लुकाकु र एलेक्स विट्सलले समान एक गोल गरे ।
न्युजिल्याण्डका टिम पायनले गोल गरे । यसअघिका खेलमा बेल्जियमले इरानसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै इजिप्टसँगको खेल पनि १-१ को बराबरी खेलेको थियो । इरानसँग बराबरी खेलेको इजिप्ट समूहको उपविजेता बनेको छ । इजिप्टले इरानसँग १-१ को बराबरी गरेको हो । इजिप्टका लागि खेलको पाँचौँ मिनेटमा महुद साबेरले गोल गरे ।
यसअघिका खेलमा इजिप्टले न्यूजिल्याण्डलाई ३-१ ले हराएको थियो भने बेल्जियमसँग बराबरी खेलेको थियो । तेस्रो स्थानमा इरान परेको छ । इरानले समूह चरणका सबै खेल बराबरी खेल्दै तीन अंक पायो । इरानले न्यूजिल्याण्डसँग २-२ को बराबरी र बेल्जियमसँग गोलरहित बराबरी खेलेको थियो ।
न्यूजिल्याण्ड भने विश्वकपबाट बाहिरिएको छ । समूह चरणमा इरानसँग २-२ को बराबरी खेलेको न्यूजिल्याण्डले बेल्जियम र इजिप्टसँग हार व्योहरेको थियो । न्यूजिल्याण्ड इजिप्टसँग ३-१ ले पराजित भएको थियो ।