
काठमाडौं । सरकारले सहसचिव गोबिन्दबहादुर कार्कीलाई सचिवमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कार्कीलाई प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।सचिवमा बढुवा भएका कार्की ५ महिनादेखि बाग्मती प्रदेश सरकारको कायममुकायम प्रमुख सचिव थिए ।






