काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बिहीबार १२.१० अंकले घटेको छ । नेप्से ०.४४ प्रतिशतले घटेर २७२७.३६ को विन्दुमा पुगेको छ ।
यसदिन नौ अर्ब ६५ करोड रुपैयाँमा दुई करोड एक लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच भएको छ ।
२७४० बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच २७२७ बिन्दुमा पुगेर कारोबार रोकिएको हो । बिहीबार परिसूचक २७५९ बिन्दुसम्म उक्लिएको थियो । बिहीबार १०१ कम्पनीको सेयर मूल्य बढेको छ । १३८ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो ।





