
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बन्दसत्र मंगलबार बिहानबाट सुरु हुने भएको छ ।
सोमबार बिहानैदेखि बन्दसत्र सुरु गर्ने तालिका थियो । तर, महाधिवेशन प्रतिनिधिमा रहेको विवाद टुंगिन नसक्दा आज (सोमबार)का लागि बन्दसत्र स्थगित गरिएको हो ।
महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड प्रिन्ट गर्ने कार्यमा सोचेभन्दा बढी समय लागेकाले सोमबार हुने भनिएको बन्दसत्र स्गगित गरिएको रास्वपाले जनाएको छ ।


