
काठमाडौँ । विश्वकपमा इरान र बेल्जियमबीच समूह चरणको दोस्रो खेल बराबरीमा टुंगिएको छ । उनीहरूबीचको खेल गोलरहित बराबरीमा टुंगिएको हो ।
खेलको पहिलो हाफको २४ औँ मिनेटमा इरानका मेहेदी तोरबीले बेल्जियमको पोस्टमा बल छिराएका थिए । भीएआएर चेकबाट उनको पोजिसन अफसाइड निर्क्यौल भएसँगै त्यसले गोलको मान्यता पाएन ।
त्यसपछि बेल्जियमले पटक(पटक इरानको पोस्टमा बल प्रहार गरेको थियो । बेल्जियमका सबै प्रहारलाई इरानी गोलरक्षक एरिरजा बेरानभान्डले जोगाएका थिए । खेलमा बेल्जियमका नथान एनग्योएले रातो कार्ड पाएका थिए ।
दुवै टोलीले समूह चरणका पहिलो खेल बराबरीमा टुंग्याएका थिए ।
