
काठमाडौँ। नेपाल स्रष्टा समाजले वि.सं.२०८३ सालको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान र योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मानको घोषणा गरेको छ ।
नेपाली इतिहासकी एक अत्यन्तै साहसी,विद्र्रोही र क्रान्तिकारी व्यक्तित्व योगमायाको नाममा ती सम्मानहरु स्थापित भएर हरेक वर्ष अर्पण गरिंदै आएको छ ।
नगद राशी रु.५०१११। रहेको ‘योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान’द्धारा वरिष्ठ साहित्यकार माया ठकुरी सम्मानित हुने भएकी छिन् । यसैगरी ‘योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान’ वरिष्ठ समालोचक निनु चापागाईँलाई प्रदान गरिने भएको छ । उक्त सम्मानको नगद राशी रु.५०१११। रहेको छ ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’का अनुसार वि.सं.२०६५ सालदेखि योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान प्रदान गरिंदै आएको हो । यसका संस्थापक पवन आलोक (संरक्षक,नेपाल स्रष्टा समाज) रहेका छन् ।
यसैगरी योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान वि.सं.२०७५ सालदेखि प्रदान गरिंदै आएको हो ।
यस सम्मानका संस्थापक राजेश न्यौपाने लगायत रहेको अध्यक्ष रोदनले जानकारी दिए ।
यी दुबै सम्मानहरु राजधानीमा भव्य कार्यक्रमका बीच आगामी असार २२ गते योगमाया स्मृति दिवसको दिन अर्पण गरिने भएको छ ।



