
काठमाडौं । रूसले युक्रेनी सहर पोल्टाभामा मंगलबार गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा ५१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूका अनुसार यो आक्रमण दुई देशबीचको साढे दुई वर्षको युद्ध अवधिकोे सबैभन्दा घातक आक्रमण हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त आक्रमणको निन्दा गरेका छन् । यो गम्भीर घटनाप्रति अमेरिका, जर्मनी र बेलायत लगायतका देशले गम्भीर चासो व्यक्त गरेका छन् ।







