
काठमाडौं । विश्वकपमा इरान र न्युजिल्याण्डको खेल बराबरीमा टुंगिएको छ ।
समूह जीमा रहेका यी दुई टोलीले २-२ को बराबरी गरेका हुन् ।
न्युजिल्याण्डका लागि एलिआ जस्टले २ गोल गरे । उनले सातौँ मिनेटमा पहिलो गोल गरेका थिए भने दोस्रो गोल ५४ मिनेटमा गरे ।
इरानका लागि रामिन रेजेन्सियाले ३२ मिनेटमा गोल फर्काएका थिए । यस्तै, ६४ औँ मिनेटमा मोहम्मद मोहबीले गोल गरेका थिए । खेल बराबरीमा टुंगिएसँगै दुई टोलीले 1 १-१ अंक बाँडेका छन् ।