
काठमाडौँ । सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक जारी छ ।
उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सांसद साहजना खातुन सहभागी छन् भने नेकपा एमालेबाट संसदीय दलका प्रमुख सचेत ऐनबहादुर महर सामेल छन्।
यसैगरी नेकपाका सहसंयोजक माधव नेपाल, सांसद वर्षमान पुन, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेत खुस्बु ओली, जसपा नेपालका राष्ट्रिय सभा सदस्य महमोद खालिल सहभागी छन्।
यसैगरी उक्त बैठकमा रास्वपाका सभापति लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी, सहामहामन्त्री विपी आचार्य, सांसद दीपक बोहोरा, कानुनमन्त्री सोबिता गौतम सहभागी भए।
उक्त बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेनले रास्वपालाई परिपक्व व्यवहार प्रदर्शन गर्न सुझाव दिए ।बैठकबाट निस्किएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पत्रकारहरुलाई भने, ‘वैदेशिक सम्बन्धका सवालमा अपरिपक्व व्यवहारहरु देखाउनु भएन । देश जित्नेको मात्र होइन, हार्नेको पनि हो । र, यो सरकारले गर्ने गलत क्रियाकलापको सिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ । त्यसकारणले अलिकति परिपक्व व्यवहारहरु गरियोस् ।’
श्रम संस्कृति पार्टीबाट भने सहभागिता छैन।



