
काठमाडौं । इंग्लिस प्रिमियर लिगमा शतप्रतिशत जितको श्रृँखला जारी राख्दै लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ३–० ले हराएको छ ।
आइतबार राति ओल्ड्र ट्राफोर्डमा पाहुना टिमलाई जित दिलाउन लुइस डियाजले दुई गोल गरे । अर्को एक गोल इजिप्सियन फरवार्ड मोहम्मद सालाहले थपे।
पहिलो हाफमा डियाजले दुई गोल गरेपछि लिभरपुलले घरेलु टिमविरुद्ध मध्यान्तरअघि २–० को अग्रता बनाएको थियो । डियाजले ३५औँ मिनेटमा लिभरपुललाई अग्रतामा राखेका थिए । त्यसको सात मिनेटपछि डियाजले नै पाहुना टिमको अग्रता दोब्बर बनाए । डियाजलाई दुवै गोलका निम्ति सालाहले ‘असिस्ट’ गरेका थिए ।
५६औँ मिनेटमा सालाहले गोल गरेपछि लिभरपुलले ३–० को सहज अग्रता बनाएको थियो । यसपछि थप गोल भएन र लिभरपुलले फराकिलो यो जितसँगै तीन खेलबाट नौ अंक जोडेको लिभरपुल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।


