
काठमाडौँ।नेपाली शिक्षा परिषद्ले संस्थाको ‘अमृत महोत्सव’को अवसर पारेर ९० वर्ष उमेर नाघिसकेका व्यक्तित्वहरू प्रा. शंकरराज पाठक, तेजेश्वरबाबु ग्वङ्ग र माधव खनाल ‘भावुक’लाई उनीहरूका घरमै पुगेर अभिनन्दन गरेको छ ।
परिषद्का अध्यक्ष रमा शर्मालगायत व्यक्तिहरूले आइतबार तीन अग्रज व्यक्तित्वलाई अभिनन्दन गरेका हुन् ।
गएको वैशाख २७ गते परिषद्ले डा. गौरीशंकर लाल दास, डा. महेश्वर शर्मा, भद्रकुमारी घले, प्रा. डा. मृगेन्द्रराज पाण्डे, प्रा. चेतोनाथ शर्मा आचार्य, द्वारिका श्रेष्ठ र हरिराम जोशीलाई एक कार्यक्रमबीच अभिनन्दन गरेको थियो । उक्त कार्यक्रममा अस्वस्थताका कारण प्रा. पाठक, संस्कृतिविद् ग्वङ्ग र साहित्यकार खनाल अनुपस्थित थिए ।



