
काठमाडौँ । काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ ।
शनिबार सम्पन्न खेलमा भारतले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । भारतले २५-९, २५-१४ र २५-१७ को सोझो सेटमा जित हासिल गरेको हो । भारतले यसअघि शुक्रबार नेपाललाई पराजित गरेको थियो ।
त्यस्तै आजै सम्पन्न अर्को खेलमा काजकिस्तानले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको छ । काजकिस्तानले २५-९, २५-१८ र २५-१५ को सोझो सेटमा जित हासिल गरेको थियो ।






