
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको आसन्न भारत भ्रमण स्थगित भएको छ।
भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण रद्द भएपछि दुई देशको सम्बन्धमा देखिएको अनिश्चितताबीच यही जेठ १८ गते परराष्ट्रमन्त्री खनाल अन्तरसरकारी अन्तर्राष्ट्रिय समूह ‘बिग क्याट अलायन्स’ को सम्मेलनमा भाग लिन नयाँदिल्ली जान लागेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने यो सम्मेलनलाई नेपाल–भारत सम्बन्ध सुधारमा महत्त्वपूर्ण कडीका रूपमा हेरिएको थियो। तर भारतले इबोला भाइरसको कारण देखाउँदै अहिलेलाई सम्मेलन स्थगित गरेको भारतीय अखबार ‘दि हिन्दु’ ले लेखेको छ।



