काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।
बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विभिन्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
बिहान ११ बजे सुरु हुने बैठकमा मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् ।
बैठकमा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पनि मन्त्री गौतमले प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।