
काठमाडौँ। कानून व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गरेका छन् ।
सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा सर्वोच्च परिसरमा प्रदर्शन भएको हो ।
एसोसिएसनको सोमबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो १ बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालेको हो ।
प्रधानन्यायधीश सिफारिसको विषयमा नेपाल बारले असन्तुष्ट व्यक्त गर्दै आएको छ । वरिष्ठतम मिचेर चौथो वरीयताको न्यायाधीशलाई प्रधान्यायाधीशमा सिफारिस गरिएको भन्दै नेपाल बारले विरोध गरिरहेको छ ।
न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने भन्दै बारले विरोध जनाउन थालेको हो ।

