
काठमाडौँ।आइसिसी विश्वकप लिग-२ को शीर्ष स्थानमा रहेको स्कटल्याण्डमाथि नेपालले विजय हासिल गरेको छ।
त्रिवि मैदान कीर्तिपुरमा सोमबार नेपालले स्कटल्याण्डमाथि ६ विकेटको सानदार जित निकालेको हो। १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा पूरा गरेको हो।
अन्तिम बलमा नेपाललाई २ रन आवश्यक रहँदा स्कटल्याण्डका माइकल लिस्कलाई कप्तान रोहितले छक्का प्रहार गरेका थिए।

