काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागको समन्वय तथा जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रन्जितको पहलमा जुडो अर्गनाइजिङ सेमिनार शनिबारदेखि सुरु भएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भइरहेको सेमिनारमा १९ पुरुष र १५ महिला गरी ३४ जनाको सहभागिता रहेको मुख्य प्रशिक्षक रन्जितले जनाएका छन् ।
सहभागीलाई तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक जगदीशप्रसाद भट्टले मोटिभेसन स्पिच, तालिम तथा प्रशिक्षण विभागकै उप निर्देशक राजेश्वरमान स्थापितले साइकोलोजी र सुप्रसिद्ध ताम्राकारले प्राविधिक विषयमा प्रशिक्षण दिइरहेका छन् ।
प्रतियोगिता सञ्चालन र व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण दिने उद्देश्यले आयोजित सेमिनारको तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंहले एक कार्यक्रमबीच उद्घाटन गरे । सेमिनारका लागि राजेश्वरमानले ५० हजार र जुडो प्रशिक्षक चन्द्रकुमार डंगोलले १० हजार नगद सहयोग गरेको मुख्य प्रशिक्षक रन्जितले जानकारी गराए । सेमिनार आज आइतबारसम्पन्न हुँदैछ ।