काठमाडौँ। सर्वोच्च अदालतको प्रधान्यायाधीशमा डा. मनोज कुमार शर्मालाई सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयमा दुई सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् ।
विधि मिचेर शर्माको नाम सिफारिस भएपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा नोट अफ डिसेन्ट लेखेका हुन् ।
विधि मिचेर प्रधानमन्त्री बालेन शाहले शर्माको नाम लिएपछि विपक्षी दलहरूले असहमति दर्ज गरेको स्रोतले बतायो ।
बैठकमा सहभागी परिषद्का एक सदस्यले भने‘विधि र परम्पराअनुसार नै जाऊँ । अहिलेसम्मको अभ्यास पनि हेरौँ भनेर भनेका थियौँ । प्रधानमन्त्रीज्यूले शर्माकै नाम अगाडि सारेपछि हामीले असहमति दर्ज गरेका हौँ ।’