
काठमाडौं । नेकपा एमालेले आगामी १८–१९ भदौमा पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको छ ।
केन्द्रीय मूख्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको हो ।
पार्टीको आगामी कार्ययोजनाबारे छलफल गर्न पोलिटब्यूरो बैठक बोलाउने निर्णय भएको बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सचिवालयले पारित गरेको पार्टीको कार्ययोजनामा सदस्यता नवीकरण र अभिलेखीकरण, बाँकी जिल्ला अधिवेशन र पालिका अधिवेशन गर्ने, कार्यकर्तालाई नियमित प्रशिक्षण गर्न सातै प्रदेशमा पार्टी स्कूलका स्थायी संरचना बनाउने, पार्टी प्रवेश गरेकाहरुलार्ई तीन महिनाभित्र जिम्मेवारी दिने लगायत विषयहरुमा निर्णय गर्न बैठक डाकिएको हो।





