
काठमाण्डौं । जैशिदेवल युथ क्लव द्वारा प्रथम काठमाण्डौ महानगरपालिका स्तरिय २० वडा अध्यक्ष कप जुनियर तेक्वान्दो प्रतियोगिता २०८३ वैशाख ४ र ५ गते सफलता पुर्बक सम्पन्न गरेको छ । प्रतियोगिता काठमाण्डौं महानगरपालिका वडा नं २० को मुख्य प्रायोजनमा रहेको थियो । महानगरपालिका अन्तर्गतका १३ डोजाङ्ग र विद्यालयका पुम्से र गेरोगी विधा तर्फ गरि १३० खेलाडीहरुको सहभागीताका रहेको थियो ।
आयोजक जैशिदेवल तेक्वान्दो डोजाङ्ग टिम प्रथम, लैनचौर तेक्वान्दो डोजाङ्ग टिम दोस्रो र ढल्को तेक्वान्दो डोजाङ्ग टिम तेस्रो भएको थियो भने उत्कृष्ट खेलाडी पुरुष तर्फ ढल्को तेक्वान्दो डोजाङ्गका ग्याल्जेन तामाङ र महिला खेलाडी तर्फ द नेक्स्ट लेबल तेक्वान्दो डोजाङ्गका प्रतिभा खड्का धोषित भएका थिए ।
प्रतियोगितामा प्रमुख अतिथि का.म.पा बडा नं २० का वडा अध्यक्ष श्री राजेन्द्र मानन्धर तथा अन्य विशिष्ट अतिथिहरुले विजेता खेलाडीहरुलाई कप, पदक तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो । २ दिन सञ्चालीत प्रतियोगितामा निःशुल्क खेलाडी दर्ता, सवै खेलाडीहरु, प्रशिक्षकहरु तथा व्यवस्थापकहरुलाई निःशुल्क खाना आयोजकको तर्पmबाट उपलव्ध गराईएको थियो ।
प्रतियोगितामा आयोजक टिमको तर्पmबाट पुम्से विधा पुरुष अन्डर १० मा रेनिश मोक्तान, महिला अन्डर १० मा वितिशा तामाङ्ग, पुरुष अन्डर १४ मा प्रशङ्ग शाक्य र महिला अन्डर १७ मा मुविक्क्षा गजुरेलले स्वर्ण पदक जित्न सफल भए भने गेरोगी महिला ३२–३५ के.जीमा सुप्रिया जोशी र पुरुष ४२–४६ के.जीमा राहुल हाङ्ग लिम्बुले स्वर्ण पदक जित्न सफल भए ।
यस प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीहरुलाई जैशिदेवल युथ क्लवको नै आयोजनामा यही वैशाख २४ देखि २६ गते सम्म आयोजना हुने “स्व. पि.एल. सिंह स्मृति छैठौ बागमती प्रदेश स्तरिय आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता २०८३” मा आयोजकको तर्पmबाट खेल्ने अवसर प्रदान गरिने छ जसमा बागमती प्रदेश अन्र्तगतका विभिन्न महानगरपालिका तथा नगरपालिकाका गेरोगी, पुम्से र पारा तर्पm गरि करिव ५०० खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन ।





