
विराटनगर । अग्रज साहित्यकार बलराम पोखरेलको कृति ‘नरपुराण ‘को लोकार्पण गरियो ।
बिराटनगरमा शनिवार आयोजित कार्यक्रममा उक्त कृतिलाई विवश पोखरेल,कृष्णप्रसाद भण्डारी मार्सेली,भुषण ढुंगेल,कृतिकार लगायतले लोकार्पण गरेका हुन्।
नेपाल स्रष्टा समाज,कोशी प्रदेश समितिको आयोजनामा भएको कार्यक्रमा लोकार्पित कृतिमाथिप्राध्यापक भुषण ढुङ्गेल, प्राध्यापक दिङ्गाली कान्छो दिनेशराज सुवेदी र मुक्तककार बाबुराम पोखरेल लगायतले चर्चा गरेका थिए ।
समाजका कोशी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद भण्डारी मार्सेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्राज्ञ बिवश पोखरेल रहेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य शारदा भट्टराईले व्यक्त गरिन्।उक्त कार्यक्रमको सञ्चालन लक्ष्मी पोखरेलले गरिन्।
कृतिभित्र २१६ वटा लघु निबन्ध समावेश छन्। हालसम्म लेखकले जम्मा १६ वटा कृति प्रकाशित गरिसकेका छन्।
कृतिलाई नेपाल स्रष्टा समाजले प्रकाशित गरेको हो ।