
काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्ने भएका छन् ।
दिउँसो साढे २ बजेदेखि सातदोबाटोस्थित एन्फा मुख्यालयमा उक्त उपाधि भिडन्त हुँदैछ ।
नेपाल र बंगलादेश दुवै पेनाल्टी सुटआउटबाट जित निकाल्दै फाइनल प्रवेश गरेका हुन् ।
फाइनल यात्राका क्रममा बंगलादेशले भारतलाई र नेपालले भुटानलाई पेनाल्टी सुटआउटमा हराएका थिए ।

