
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीको सचिवालय बैठक आगामी बिहीबारको लागि बोलाएको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहीबार दिउँसो १ बजे बस्ने उक्त बैठकमा पार्टीको वार्षिक कार्यायोजना र समसामयिक राजनीतिक विषयका एजेन्डामा केन्द्रित रहेर छलफल हुने पनि पार्टीले जनाएको छ ।






