
काठमाडौ । नेकपा एकीकृत समाजवादी केन्द्रीय जलस्रोत विभाग सदस्य प्र.डा.मोजराज बगाले आइतबार नेकपा (एमाले)मा प्रवेश गरेका छन्।
एकीकृत समाजवादीका कर्णाली प्रदेश सदस्य जनम हमाल र कर्णाली प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य कर्णबहादुर शाही पनि आइतबार नै एमालेमा प्रवेश गरेका छन्।
पार्टीका महासचिव शंकर पोखरेलले उनीहरूलाई आज पार्टी कार्यालय, च्यासलमा खादा लगाएर स्वागत गरे।
वगालेसँग नेपाल,चीन र अमेरिकाका विश्वविद्यालयमा अध्यापनको अनुभव रहेको पनि बताइएको छ ।
गोरखाको भीमसेन थापा नगरपालिका–१ का बगाले विद्यार्थी राजनीतिबाट अगाडि बढेका हुन्। उनी अमृत साइन्स क्याम्पस, लैनचौरका अनेरास्ववियुबाट स्ववियु सभापति निर्वाचित भएका थिए। बगाले नेपाल पिएचडि फाउण्डेशनका उपाध्यक्ष पनि हुन्।
यसैगरी माधव नेपाल नेतृत्वको नेकपा एसबाट मुलुक र कम्युनिष्ट आन्दोलनको हित रक्षा हुन नसक्ने निर्णयमा पुगेको भन्दै नेताहरु एमाले प्रवेश गरेका हुन । नेकपा एकीकृत समाजवादी कोशी प्रदेश सदस्यसहित ६७ जना नेता कार्यकर्ता एमालेमा फर्किएका हुन ।
एकीकृत समाजवादीका कोशी प्रदेश सदस्यद्वय राजेन्द्र दाहाल, मणि भण्डारीसहितका जिल्ला, पालिका र जनसंगठनका ६७ जना नेता–कार्यकर्ता एमालेमा फर्किएका हो ।
