काठमाडौ ।सहकारीको रकम अपचालन प्रकरणमा विवादमा परेका पूर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेसँग संसदीय विशेष समितिले सोधपुछ गरेको छ ।
सहकारीको रकम अपचलन गरेर गोर्खा मिडियामा लगिएको अवधिमा क्त मिडियामा लामिछाने प्रबन्ध निर्देशकका साथै सञ्चालक थिए ।
तर संसदीय विशेष समितिले गरेको सोधपुछका क्रममा उनले अधिकांश प्रश्नमा ‘मलाई थाहा छैन’ भनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेसँग दर्जनौ प्रश्नहरु गरेको थियो, तर प्राय :सबैमा लामिछानेले इन्कारी बयान दिएको बताइएको छ ।
आफूले ‘गलत नियतका साथ केही नगरेको’ बताएका छन् । ‘संस्था (गोरखा मिडिया नेटवर्क प्रालि)मा प्रवन्ध निर्देशकको रुपमा सामान्य दैनानिदिन प्रशासनिक हुने कार्यमा संलग्न थिएँ । कार्यकारी प्रमुखको रुपमा आर्थिक स्रोत जुटाउने कार्यमा जिबीले गर्ने गरेको हो’ उनले भनेका छन्, ।
गोरखा मिडिया नेटवर्क प्रालिमा भएको समाचार कक्ष बाहिरको सकारात्मक र नकारात्मक दुवै कामको जिम्मा आफूले नलिने उनले सोधपुछका क्रममा बताएका छन् ।
समिति सभापति सूर्य थापाका अनुसार आफूमाथि लागेका आरोपहरुबारे प्रष्ट्याउने प्रयासलामिछानेले गरेका छन्।
एमालेका सूर्य थापाको नेतृत्वमा संसदीय विशेष छानवित गठित समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र दिलेन्द्रप्रसाद बडू, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान छन् ।
बयान राती अबेरसम्म चलेको बताइएको छ ।



