
काठमाडौ । समूह चरणको अन्तिम खेलमा माल्दिभ्सविरुद्ध १–० को जित निकालेसँगै भारत समूह ‘बी’ को विजेता बन्दै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा भारतलाई जित दिलाउन मांग्लेनथान किप्गेन नायक बने ।
माल्दिभ्सले खेलको इन्जुरीसम्मै जब्बर रक्षापंक्ती बनाए पनि किप्गेनले अन्तिम मिनेटमा गोल गर्दै भारतको जित सुनिश्चित गरे । उनले पाँच मिनेटको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरे ।
यस खेलसँगै दुबै खेलमा पराजित हुँदै माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएको छ ।
अब नेपालले सेमिफाइनलमा भुटानसँग खेल्नेछ ।


