
काठमाडौं । भाषा आयोगका सदस्य एवं नेपाल भाषा टाइम्सका पूर्वसम्पादक, साहित्यकार मा. सुरेश किरण मानन्धरको निधन भएको छ ।
मानन्धरलाई हृदयघात भएपछि शिक्षण अस्पतालको मनमोहन कार्डियाक सेन्टरमा लगिएको थियो । अस्पताल पुर्याएको केही समयपछि नै चिकित्सकहरूले मृत घोषित गरेका हुन् ।
‘इनाप’ साप्ताहिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका उनले विश्वभूमि दैनिक, सन्ध्या टाइम्स दैनिकहुँदै नेपाल भाषा टाइम्स दैनिकमा सम्पादक भएर काम गरे । ‘अप्सरा’ फिल्मम्यागेजिन, ‘कोशल्वहं’ कविता त्रैमासिक पत्रिका, नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशन हुने ‘थाय्भु’लगायतका पत्रपत्रिकाको सम्पादक मण्डलमा बसी काम गरेका थिए ।
उनको ५९ वर्षको उमेरमा सोमबार साँझ निधन भएको हो ।





