
काठमाडौं । रसुवामा नेपाली कांग्रेसका उमेदवार मोहन आचार्यले जितमा ‘ह्याट्रिक’ गरेका छन् ।
पहिलोपटक ०७४ मा एमालेका जनार्दन ढकाललाई पराजित गर्दै निर्वाचित भएका कांग्रेसका आचार्यले ०७९ सालमा एमालेकै छेवाङ तेन्जिङ तामाङलाई पराजित गरेका थिए ।
यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्टलाई पराजित गरेका हुन् । १० हजार ६५६ मत ल्याएर निर्वाचित भएका आचार्यले रास्वपाका भट्टलाई पाँच हजार बढी मतान्तरले पराजित गरेका हुन् । रास्वपाका भट्टले पाँच हजार ५७१ मत पाएका छन् ।
