चर्चामा पुस्तक
पानीको अर्थ
भागीरथी श्रेष्ठको नयाँ लघुकथा कृतिभित्र ५४ थान लघुकथाहरु समावेश छन् ।पाँचदशकदेखि साहित्यमा अनवरत क्रियाशिल श्रेष्ठका वर्तमान समयका तस्विर लाग्छन् । विकृत समयका चित्रहरु कथाले कोरेका छन् ।समाजलाई सहि दिशाबोध गराउने लघुकथाहरु पनि यसमा परेका छन् ।प्रकृतिमा पाइने रुख,नदी,लहरा,पानी,फूल जस्ता विषयमा लघुकथा बनेका छन् ।
सरल र सुलोलित भाषा कथाका प्राण बनेका छन् । सुन्दर छन्,पठनीय छन् लघुकथाहरु ।
सानुराजा श्रेष्ठ अञ्जानले सम्पादन गरेको पानीको अर्थ लघुकथासङ्ग्रहलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । यसकृतिको मूल्य रु.२००। राखिएको छ ।
शाबर चिन्तामणि :
श्रीनाथज्यूहरुले जान्नैपर्ने योग,आयुर्वेद,मन्त्र जस्ता कर्महरु पर्दछन् । शाबर चिन्तामणि यहि सानो मन्त्रसँग सम्बन्धित छ ।
यो प्राचीन ग्रन्थ,हालसम्म आएका शाबर मन्त्रमध्ये सर्वोत्कृष्ट मानिएको छ।यसभित्र एघार पटल मन्त्रहरु रहेका छन् । शान्तिकर्महरुमा यी मन्त्रहरु काम लाग्छन् ।यी एघार पटल मन्त्रहरुको मन्त्रोच्चारण कहिले,कसरी र किन गर्ने भन्ने बारेमा पनि प्रस्तुत पुस्तकमा बताइएको छ ।
संस्कृतमा मन्त्रहरु राखिएका छन् । यसको नेपालीमा उल्था पनि गरिएको छ । हिन्दीपनि समावेश छ ।
शाबर चिन्तामणि :लाई श्री बृहद् आध्यात्मिक परिषद्बाट प्रकाशित गरिएको हो ।सहयोग स्वरुप कृतिको मूल्य रु.२५०। रहेको छ ।
तललत
बालकुमारी घिमिरे ‘गजलिका’को गजलसङ्ग्रहभित्र एकसय एघार थान गजलहरु समावेश गरिएको छ । मुरद्दफ र गैरमुरद्दफ दुबै प्रकारको प्रयोग भएका गजलहरु यसकृतिमा परेका छन् ।चलनचल्तीकै बहरहरु प्राय प्रयोग देखिन्छ ।गजलहरु गहन भावले भरिएका छन् । प्रेमप्रणय,देशप्रेम,प्रकृतिप्रेम,आशा र निराशा लगायतका विषयमा गजल कोरिएका छन् । विकृतिको विरोधमा गजल परेका छन् ।
स्वादको मिठास र सौन्दर्यले भरिएको यो कृतिका गजलहरु पठनीय लाग्छन् । गजलविधानमै आधारित छन् ।
तलतललाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको छ । यसको मूल्य रु.२७०। रहेको छ ।