रौतहट।प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा रौतहट–३ मा दल परिवर्तनको लहर बढ्दो छ।
निर्वाचन आउन मात्र ९ दिन बाँकी रहँदा आम जनता पार्टी, नेपाली कांग्रेस र एकीकृत समाजवादीका दर्जनौँ नेता–कार्यकर्ताले दल त्यागेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्।
देवाही गोनाही नगरपालिका–कर्कच कर्मैया गाउँमा आयोजित कार्यक्रममा रौतहट–३ का एमाले उम्मेदवार तथा केन्द्रीय सदस्य कुन्दन कुशवाहाको घरदैलो अभियानका क्रममा उनीहरू औपचारिक रूपमा एमालेमा समाहित भएका हुन्।
एमाले प्रवेश गर्नेमा आम जनता पार्टीकी केन्द्रीय सदस्य सकीना खातुन प्रमुख, उनीसँगै सोही पार्टीकी अफरीदा खातुन, जरीना खातुन, हलीमा खातुन, नसिमा खातुन, सनबून खातुन, सवरा खातुन, खुजन खातुन, सेलुन खातुन, अमीरखा देवी र जालिम खातुन पनि एमालेमा प्रवेश गरेको उम्मेदवार कुशवाहा निकट दीपक दुबेले जानकारी दिए।
त्यसैगरी धरहरी गाउँका एकीकृत समाजवादीका वडाप्रत्याशी युवा नेता दिपेन्दर यादव सहित दर्जनौँ सक्रिय कार्यकर्ता एमालेमा प्रवेश गरेका छन। कटहरिया–३ का नेपाली कांग्रेसका युवा नेता बच्चा लाल यादवसहित नेता–कार्यकर्ताको पनि एमाले प्रवेश भएको दुबेले बताए।