
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताएका छन् – “जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ। जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन । मैले आवश्यक पर्दा सदन र सडकबाट संघर्षको विकल्प देखेको छैन,” उनले भने ।
मवृक्ष यादवको स्मृतिमा पार्टी कार्यालय पेरिसडाँडामा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डको यस्तो भनाई आएको हो ।




