
काठमाडौं।म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार लिभरपुलविरुद्ध २–१ को पुनरागमन जित दर्ता गरेको छ ।
एनफिल्डमा पाहुना टोली सिटीलाई जित दिलाउन बर्नान्डो सिल्भा र एर्लिङ हालान्डले १–१ गोल गरे । लिभरपुलका लागि डोमोनिक स्जोबोसजलाइले गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७४ औं मिनेटमा स्जोबोसजलाईको गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । १० मिनेटपछि नै सिल्भाले सिटीलाई बराबरीमा ल्याए ।
इन्जुरी समयमा हालान्डले पेनाल्टीमार्फत गोल गर्दा सिटी २–१ ले अगाडि बढ्यो । इन्जुरी समयमै स्जोबोसजलाईले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै २५ खेलमा ५० अंक जोडेको सिटी दोस्रो स्थानमा कायम छ । पराजित लिभरपुल समान खेलबाट ३९ अंकका साथ छैटौं स्थानमा छ ।

