काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इजरायली राष्ट्रपति बेन्जामिन नेतान्याहूबीच कुराकानी भएको छ । मिडिया रिपोर्टका अनुसार, पुटिनले नेतान्याहूलाई इरानसँग सम्झौता गर्न प्रयास गर्न आग्रह गर्दै रुस मध्यस्थता गर्न तयार रहेको बताएका थिए ।
यसैबीच, इजरायली राष्ट्रपति नेतान्याहूले मध्यपूर्वमा शान्ति कायम राख्ने सबै प्रयासहरूलाई समर्थन गर्ने बताए । पुटिन र नेतान्याहूले वार्ता जारी राख्न सहमत भएको ।
यसैबीच पुटिनले शुक्रबार इरानी राष्ट्रपति मसूद पजाकियानसँग पनि फोनमा कुराकानी गरेको रुसी मिडियाले उल्लेख गरेका छन् । रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले पुटिन इरान र मध्यपूर्वमा तनाव कम गर्न प्रयासरत रहेको बताएका छन् ।