काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ७० अङ्कले उकालो लागेर दुई हजार सात सय ६६ दशमलव ३८ मा पुगेको छ ।
यसदिन पाँच करोड ९ लाख ४६ हजार ८३२ कित्ता सेयर २० अर्ब सात करोड चार लाख ३४ हजार १०३ रुपैयाँमा कारोबार भएको छ ।
कारोबारमा रहेका १३ उपसमूहमध्ये ६ वटाको समूहगत परिसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन क्षेत्रका लगानीकर्ताले कमाएका छन् । यो क्षेत्रको समूहगत परिसूचक ५.८७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै होटेल तथा पर्यटन क्षेत्रको समूहगत परिसूचक १.२७ प्रतिशतले घटेको छ ।
आज दश कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेपलपमेन्ट लिमिटेडको सेयर ८.०४ प्रतिशतले घटेको छ ।







