
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधान संशोधनका लागि सुझाव मागेको छ।
विधानको मौजुदा व्यवस्था हेरफेर,भाषागत त्रुटि हटाउन रास्वपाले कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदलमा केन्द्रीय समितिका डा तोसिमा कार्की, सोविता गौतम, गणेश कार्की, पुकार बम, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी एवं केन्द्रीय विभागका नारायण घिमिरे र शंकर श्रेष्ठ रहेको ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ।
पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा थप प्रभावकारी बनाउने उद्देश्यले विधान संशोधन गर्न लागेको रास्वपाले जनाएको छ।
अनलाइनमार्फत सुझाव दिन सकिने भएकोले स्वदेश तथा विदेशमा रहने पार्टी समर्थक,शुभेच्छुकहरूलाई सुझावको लागि आब्हान गरिएको पनि रास्वपाले जनाएको छ ।





