काठमाडौं।नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले एक पटक देश विकासका लागि आफ्नो पार्टीलाई मौका दिन आग्रह गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।
नेपालले भने, ‘हामीलाई एक पटक तपाईंले मौका दिनुपर्ने हुन्छ । हामीले आजसम्म इमानदारीताको राजनीति, देशभक्तिको भावनालाई, देशप्रेमको भावना र सेवाको भावनालाई केन्द्रमा राखेर भूमिका खेल्दै पनि आएका छौं ।’





