काठमाडौं।कारागारबाट हिजोमात्रै रिहा भएका रास्वपा सभापति रवि लामिछाने काठमाडौं आइपुगेका छन् ।
उनी चितवनमा आयोजना गरिएको सभालाई सम्बोधन गरेर केहीबेर अघि काठमाडौं आइपुगेका हुन् ।
लामिछानेले आजै जेनजी घाइते र शहीद परिवारलाई भेट्ने कार्यक्रम तय छ ।
उनी विमानस्थलबाट सोझै जेनजी घाइतेहरूलाई भेट्न जाने उनी निकट नेताहरूले बताएका छन् ।
त्यस्तै, उनलाई आजै पार्टी कार्यालयमा स्वागत गर्ने कार्यक्रम पनि रहेको रास्वपाले जनाएको छ ।




