
काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धन आर्जन गर्न कुनै लालच नभएको बताएका छन् । आफूले जिन्दगीमा कहिल्यै पनि भ्रष्टाचार नगरेको दाबी पनि ओलीले गरे । यसैगरी उनले भ्रष्टाचार नसहेको पनि बताए । ‘मलाई धन आर्जन गर्नु छैन । त्यो मेरो नैतिकताले पनि दिँदैन । त्यो मलाई आवश्यक पनि छैन । ‘ ओलीले साँसदहरुलाई आश्वस्त रहन आग्रह गरे ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भ्रष्टाचारबारे कुरा उठाएपछि ओलीले आफ्नो नजरभन्दा बाहिरबाट भ्रष्टाचार हुने कुरा भने बेग्लै भएको बताए । , ओलीले भने, ‘म भ्रष्टाचार गर्दिन् । राजनीतिक हिसाबले कसैले लाञ्छित गर्नका लागि हिलो छ्याप्नु बेग्लै कुरा हो ।’
चित्रगुप्तको अगाडि पनि जवाफ दिन तयार आफु तयार रहेको पनि उनले बताए ।


