
भक्तपुर।नेकपा एमालेको ११ औं महाधिवेशन आजदेखि सुरू हुँदैछ।
भक्तपुरको सल्लाघारी चौर महाधिवेशन स्थलतर्फ अहिले विभिन्न क्षेत्रबाट र्यालीहरू अघि बढेको छ।
एमाले महाधिवेशन आज दिउँसो उद्घाटन हुनेछ। महाधिवेशनका लागि देशभरबाट नेता तथा कार्यकर्ताहरू काठमाडौं उपत्यका भित्रिएका छन्।

महाधिवेशन स्थलमा पनि कार्यकर्ताहरू भेला हुन थालिसकेका छन्।
र्यालीहरुमा विभिन्न धर्म सम्प्रदायका विशेष झाँकीहरु समेत प्रदर्शन गरिएका छन् ।
एमाले निकट विभिन्न भातृसंगठन र पेशागत संगठनका झण्डाहरु सहितका विशाल र्यालीहरु भैरहेका छन ।




