काठमाडौं।देशभरको मौसम आज मुख्यतया सफा रहनेछ ।
जल तथा मौसम विज्ञान विभागले आज देशभरको मौसम सफा रहने जनाएको छ ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण मौसम मुख्यतया सफा रहने भएको हो ।
दिउँसो देशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।
राति देशभर मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ ।

