विराटनगर । नेकपा एमालेसँग जुटेको सहमति बमोजिम नेपाली कांग्रेसले मन्त्री बन्नेहरुको नाम दिएको भए सोमबार नै कोशी सरकारले पूर्णता पाउने थियो ।
शनिबार कांग्रेस र एमालेबीच मन्त्रालय भागबण्डाको सहमति जुटेको थियो । जसअनुसार मुख्यमन्त्री सहित ५ मन्त्रालय एमाले र ४ मन्त्रालय कांग्रेसले पाउने थियो ।सभापति शेरबहादुर देउवा समूहबाट २, डा।शेखर कोइराला समूहबाट १ र कृष्णप्रसाद सिटौला समूहबाट एक जना मन्त्री बन्नेगरी सरकारमा पठाउने तयारी थियो ।
तर आफ्नो गृह प्रदेश भएकाले उनले दुई मन्त्रालयको अडान लिएका छन् ।कोशी सरकारमा संस्थापन समूहबाट प्रदीप सुनुवार, हिमाल कार्की, खगेनसिंह हाङ्गाम, सिटौला समूहबाट भीम पराजुली र भूपेन्द्र राई, शेखर समूहबाट गोबिन्द गिरी, मानबहादुर लिम्बु, समशेर राई मन्त्रीको दाबेदार मानिदैं आएका छन् ।