काठमाडौ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सुखी नेपाली,समृद्ध नेपालको भावना साकार पार्न राज्यले जनताका आधारभूत समस्याहरु समाधान गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिएकी छन् ।
बिहिबार काठमाडौमा आयोजित २१ औं शताब्दीमा जलवायु परिवर्तन र प्रेस विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्कृति र सम्पदाको संरक्षणमा जोड दिएकी छन् । नेपाली जनताको सुखी हुने चाहानामा नागरिकका आधारभूत समस्या समाधान जोडिएको कुरा बताउँदै भण्डारीले आत्मनिर्भरतातर्फ लाग्न भएका मनग्गे श्रोत साधनको उचित प्रयोग गर्नुपर्ने उनको धारणा थियो ।
सबै मिडिया र सचेत नागरिकले आफूलाई बर्दी बिनाको राष्ट्रको पहरेदार सम्झेर कार्य गर्न पनि अनुरोध गरिन ।