
काठमाडौं।पठन–संस्कृतिको विकासमा सामाजिक दायित्व” विषयक विचार–गोष्ठी सम्पन्न भएको छ ।
पुस्तकालयमार्फत राष्ट्रिय भाषा, संस्कृति तथा साहित्यको संरक्षण–सम्बर्द्धन गर्दै पुस्तक तथा सूचना पहुँचलाई सहज र समावेशी बनाउने, पठन–संस्कृतिको विकासमा टेवा पुर्याउने र पुस्तकालयलाई सामुदायिक जीवन्त ज्ञान–केन्द्रको रूपमा स्थापित गर्ने उद्देश्यसहित नेपाल लाइब्रेरी फाउन्डेसन, काठमाडौं र नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीको सहकार्यमा “पठन–संस्कृतिको विकासमा सामाजिक दायित्व” विषयक विचार–गोष्ठी सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा “शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन” स्मारिका–२०८२ को लोकार्पण समेत गरिएको थियो । शनिबार प्रतिष्ठानको देवकोटा कक्षमा भव्यरूपमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन तथा स्मारिकाको लोकार्पण नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभएको थियो। उहाँले पठन–संस्कृति प्रवर्द्धनमा पुस्तकालयको भूमिकाबारे आफ्ना गहन एवम् सारगर्भित मन्तव्य व्यक्त गर्नुभएको थियो।
नेपाल लाइब्रेरी फाउन्डेसनका कार्यकारी निर्देशक यज्ञराज भट्टले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्रमाथि हाम्रो लघुकथा केन्द्रका अध्यक्ष डा.शेखरकुमार श्रेष्ठले सटिक र विश्लेषणात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमका सहभागी बिभिन्न प्राज्ञ, लेखक, पुस्तकालयकर्मी, शिक्षक, विद्यार्थी तथा जिज्ञासुहरूले प्रस्तुत कार्यपत्रका विषयमा आफ्ना विचार र प्रश्नहरू व्यक्त गरेका थिए, त्यसैगरी, “शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन स्मारिका–२०८२” सम्बन्धमा नेपाल लाइब्रेरी एशोसिएसनका अध्यक्ष पुष्पराज सुबेदीले टिप्पणीमूलक मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता प्राज्ञ परिषद् सदस्य तथा साहित्य (समालोचना र साहित्येतिहास) विभागीय प्रमुख डा.मधुसूदन गिरीले गर्नुभएको थियो। कार्यक्रममा नेपाल लाइब्रेरी फाउन्डेसनका अध्यक्ष डा. छायादत्त न्यौपानेले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राख्नुभएको थियो भने नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव डा.सुबेदीले विशेष धन्यवाद मन्तव्य दिनुभएको थियो।
कार्यक्रमको सञ्चालन नेपाल लाइब्रेरी फाउन्डेसनका महासचिवद्वाराप्रारम्भ भई सचिव शेखर अर्यालले सञ्चालनमा सासम्पन्न भएको छ।
का






