
हेटौडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामालाई विश्वासको मत दिन नेपाली कांग्रेसले ह्वीप जारी गरेको छ ।
प्रदेशसभा सचिवालयमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले लामालाई विश्वासकाे मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको प्रमुख सचेतक गाेविन्द लम्सालले जानकारी दिए ।
लामालाई आफ्नै दल नेपाली कांग्रेसको ३७ र सत्ता साझेदार दल नेकपा एमालेको २७ जना सांसदको समर्थन छ । ११० सदस्यीय प्रदेश सभामा सरकारका लागि ५६ सांसदको बहुमत समर्थन आवश्यक हुन्छ ।
प्रदेश सभाको बैठक दिउसो ३ बजे बस्ने जनाइएको छ ।





