
काठमाडौं।आइसीसी विश्वकप लिग २ अन्तर्गत शनिबार सम्पन्न खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ।
अमेरिकासँग नेपाल ४ विकेटले पराजित भएको हो ।नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको हो ।
अमेरिकाका लागि साइ तेजा मुकामल्ला र मिलिन्द कुमारले अर्धसतकिय पारी खेले ।सायन जागिरले ३६ रन र स्मित पटेलले १६ रनको योगदान गरे ।
नेपालका सन्दिप लामिछानेले ३ विकेट लिए । नन्दन यादव,गुलशन झा र किरण केसीले समान १/१ विकेट लिए ।
यसअघि टस हारेर व्याटिँग गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २७१ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ४७ रन,भीम सार्कीले ३६ रन बनाएका थिए ।
अमेरिकी हर्मित सिंहले ३ विकेट लिए।सौरभ र केन्जीले समान २ विकेट लिए । जसदिप र शुभम रान्जेले १ /१ विकेट लिए ।


