आयोजक श्रीलंकाले एसिसी महिला एसिया कप २०२४ को उपाधि जितेको छ।
आइतबार श्रीलंकामा भएको फाइनलमा घरेलु टोलीले भारतलाई ८ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले ६ विकेटको क्षतिमा १६५ रन जोड्यो। स्मृति मन्धनाले सर्वाधिक ६० रन जोडिन् भने ऋचा घोषले ३० रनको योगदान गरिन्। बलिङमा श्रीलंकाकी कभिसा दिलहरीले २ विकेट लिए।
यसैगरी १६६ रनकको लक्ष्य श्रीलंकाले १८।४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। ओपनर गुणरत्ने एक रनमा आउट भए पनि चमरी अथापथ्थुले ६१ र हर्षिताले नटआउट६९ रन जोडिन्।
श्रीलंकाले पहिलो पटक एसिया कप जितेको हो।






