
काठमाडौं।सहरी विकास मन्त्री कुलमान घिसिङले निर्माणाधीन संसद भवन निरीक्षण गरेका छन्।
शनिबार सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको मन्त्री घिसिङले निरीक्षण गरेका हुन्।
आगामी निर्वाचन फागुन २१ मा हुँदैछ। फागुन २१ मा निर्वाचन भई प्रतिनिधि सभा सदस्यहरूले नयाँ संसद भवनबाट कार्य सञ्चालन गर्नसक्ने गरी व्यवस्था मिलाउन निर्माण कार्य तीव्र बनाउन निर्देशन दिइएको छ।
अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री घिसिङले पुरानो संसद भवन जेनजी आन्दोलनका क्रममा आगलागी भएर ध्वस्त भएकाले राष्ट्रिय सभा पनि सञ्चालन गर्नुपर्ने र प्रतिनिधि सभा पनि फागुन २१ गतेपछि सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए।





