
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रमाथि चुनौती खडा गरिएको भन्दैत्यो चुनौती लाई सामना गर्नुपर्ने बताएका छन् ।
बुधबार नेपाल संवत्को शुभकामना दिँदै ओलीले राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली नै हाम्रो शक्ति भएको बताएका छन् ।
‘आज नेपाल संवत् ११४६ को पहिलो दिन, अर्थात् नयाँ वर्षारम्भ । हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्छ’, अध्यक्ष ओलीले भनेका छन्, ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली – हाम्रो शक्ति हो ।’
