
काठमाडौँ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ ।
गएराति उनको निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
नकर्मी लामो समयदेखि मृगौला रोगबाट पिडित थिए । बिर अस्पतालमा उपचारको क्रममा उनको मृत्यू भएको हो ।
उनको पार्थिव शरिरलाई श्रद्धान्जलीको लागि शुक्रबार विहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा राखिने जनाइएको छ ।
उनको निधनमा नगरपालिकाले शोकविदा घोषणा गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए ।

