
काठमाडौं ।फ्रान्सका प्रधानमन्त्रीले नयाँ मन्त्रिपरिषद्को घोषणा गरेको १२ घण्टापछि नै पदबाट राजीनामा दिएका छन् । फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले २६ दिनमै राजीनामा दिएका छन् ।
उनले सेप्टेम्बर ९ मा प्रधानमन्त्रीको पद सम्हालेका थिए । अक्टोबर ६ मा राजीनामा दिए । राष्ट्रपति इमानुएल म्याक्रोनले उनको राजीनामा स्वीकृत गरेका छन् ।
प्रधानमन्त्री लेकोर्नुले आइतबार नयाँ मन्त्रिपरिषद्को घोषणा गरेका थिए । तर, १२ घण्टापछि नै राजीनामा दिएर सबैलाई चकित पारेका छन् ।
लेकोर्नु १३ महिनाभित्र देशका चौथो प्रधानमन्त्री थिए।






